अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘बासँग बालबालिका’ कार्यक्रममा अध्यक्ष ओली (फोटोफिचर)

‘बासँग बालबालिका’ कार्यक्रममा अध्यक्ष ओली (फोटोफिचर)


झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाको सुरुङ्गामा आइपुग्नुभएको छ।

पूर्वमै पहिलो पटक आयोजना गरिएको ‘बासँग बालबालिका’ कार्यक्रमका लागि एमालेका अध्यक्ष ओली आज झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आइपुग्नुभएको हो।

झापा जिल्ला बाल सञ्चालले आज कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको हो।

जिल्लाभरका पालिकाहरुबाट ३०-३० जना बालिका र कनकाईबाट समेत गरी जम्मा ६ सय बालबालिकाहरु सहभागी भएको जनाएको छ। केपी ‘बा’सँग झापाका बालबालिकाहरूले बालबालिका सम्बन्धी दूरदृष्टि वा भिजन सुन्नेछन्।

झापाका बालबालिकाहरुले आफ्नो आवाज, अपेक्षा र आवश्यकताबारे अध्यक्ष ओलीलाई जानकारी दिने छ। साे कार्यक्रमपछि अध्यक्षले जिल्लाका नेता-कार्यकर्तासँग भेटघाट गर्नुहुनेछ।

तस्वीरमा हेर्नुहोस्