अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज राति हावाहुरीसहित वर्षाको सम्भावना

आज राति हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं-हाल (बुधबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। कोसी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ जनाएअनुसार राति सुदूरपश्चिम, कोसी र मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति सुदूरपश्चिम, कोसी र मधेस प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैबीच राति काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर मौसम महाशाखाले उपत्यकामा पानी पर्ने सम्भावना २० प्रतिशत मात्र देखिएको जनाएको छ।