अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी कार्यदलको बैठक आज दिउसो बस्ने

सहकारी कार्यदलको बैठक आज दिउसो बस्ने


काठमाडौं – सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टीओआर बारे छलफल गर्न आज बैठक बस्दै छ । कार्यादेश टुंगो लगाउन गठित समितिका सदस्य जीवन परियारका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।
सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।

दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टीओआर बारे छलफल गर्न आज बैठक बस्दै छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।

दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिका लागि बोलाइएको छ ।