अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रतितोला १ हजार ८ सय ले घट्यो

सुन प्रतितोला १ हजार ८ सय ले घट्यो


काठमाडौं- निरन्तर उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार ७ सय र तेजाबी सुन १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुन १ हजार ७ सय ५० रुपैयाँले सस्तो भएको हो।
यता चाँदी पनि आज ह्वात्तै घटेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ५ सय, तेजाबी सुन १ लाख ३९ हजार ८ सय र चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔँस २ हजार ३ सय ५९ अमेरिकी डलर र चाँदी ३० प्रतिऔँस डलरमा कारोबार भएको छ।