अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस स्वतन्त्रतासँग नागरिकताको सम्बन्ध छैन: अध्यक्ष ओली

प्रेस स्वतन्त्रतासँग नागरिकताको सम्बन्ध छैन: अध्यक्ष ओली


मोरङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताउनु भएको छ।

बिहीबार मोरङमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताउनु भएको हो।

अध्यक्ष ओलीले कान्तिपुर दैनिकका मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे स्पष्ट पार्नुभयो। सो विषयलाई लिएर प्रोपोकाण्डा मच्चाउन आवश्यक नरहेको उहाँले बताउनुभयो। सिारोहियालाई गरिएको पक्राउ सञ्चारमाथिको हमला भनेर चर्चा गर्नु गलत भएको उहाँको भनाइ छ।

सिरोहिया पक्राउबारे पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, ‘तपाईंरूलाई कस्तो लाग्छ। तपाईंले नक्कली नागरिकता बनाउनु भयो, भएन बेग्लै कुरा होला। तर त्यसबारे छानबिन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? कहाँबाट हनन भयो ? प्रेससँग यसको के सम्बन्ध छ ?’

गृहमन्त्रीले ‘इगो’को रूपमा लिनुभयो जस्तो छ नी ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, ‘संयोग त्यस्तो पर्‍यो होला।’

अध्यक्ष ओलीले भन्नभयो, ‘कांग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ। कठैबरा।’

‘विषय त अर्कै छ, फौजदारी कुरा होला त्यो त, यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो, त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ’, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने स्पष्ट पार्नुभयो। आरोपी नेता, मन्त्री र प्रधानमन्त्री समात्दा समेत केही नहुने तर सिरोहियालाई समात्दा अनावश्यक कोकोहोलो गरेको ओलीले बताउनुभयो।‘ सरकारले छानबिन गर्दा हल्ला गरिरहनुपर्ने जरुरी छैन’, ओलीले भन्नुभयो।