अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी आर्थिक वर्षको बजेटका विषयमा बुद्धिजीवी परिषदले आज छलफल कार्यक्रम गर्ने

आगामी आर्थिक वर्षको बजेटका विषयमा बुद्धिजीवी परिषदले आज छलफल कार्यक्रम गर्ने


काठमाडौं- नेपाल बुद्धिजीवी परिषदले आज आगामी आर्थिक वर्षको बजेटका कार्यदिशा बारेमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
परिषदका महासचिव इन्जिनियर गजेन्द्र थपलियाका अनुसार नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बजेटसँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञहरुले आफ्ना धारणा राख्नुहुनेछ । सरकारले आर्थिक वर्ष २०८१ ०८२ को बजेटको पूर्वसन्ध्यामा आयोजना हुन लागेको कार्यक्रममले सरकारलाई बजेटका प्राथमिकता छुट्टयाउन सहज हुने अपेक्षा गरिएको छ ।
आज दिउसो २.३० बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा मुख्य विषयवश्तु डा.डिल्ली अर्यालले प्रष्तुत गर्नुहुनेछ । उक्त विषयवश्तुमा समिक्षात्मक विचार डा.खोम खरेल,साँसद विद्या भट्टराई ,राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारी,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कँडेलले समिक्षात्मक विचार प्रष्तुत गर्ने थपलियाले जानकारी दिनुभयो ।