जनकपुरधाम-कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ।
पहिलोपटक पाएको ३ दिनको म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले फेरि हिरासत समय थपका लागि सिरोहियालाई केही बेरअघि जिल्ला अदालत धनुषा पुर्याएको हो।
आज पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिनुभयो।
सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई आज अदालतमा उपस्थित गराएको छ। अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो।
प्रतिक्रिया