अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस आफैँ देश बनाउँदैन, अरूलाई पनि बनाउन दिँदैन: पद्मा अर्याल

कांग्रेस आफैँ देश बनाउँदैन, अरूलाई पनि बनाउन दिँदैन: पद्मा अर्याल


पाल्पा-नेकपा एमालेका सचिव पद्मा अर्यालले सहकारीको रकम हिनामिनाबारे संस्थागत छानबिन गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन कार्यक्रममा व्यक्तिमाथि छानबिन गरेर निकास नआउने उहाँले बताउनु भयो।

संस्थाको छानबिन गर्न सके पीडितले न्याय पाउने सचिव अर्यालले बताउनु भयो। उहाँले कांग्रेसले आफैँ देश बनाउँदैन, अरूलाई पनि बनाउन नदिने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘व्यक्तिको खल्तीमा छानबिन गर्ने होइन। कांग्रेसले आफैँ देश बनाउँदैन। अरूलाई पनि बनाउन दिँदैन। सरकारमा आफैँ भएका बेला सहकारीको रकम अनियमिततामा चुइक्क बोलेन। अहिले फण्डा मच्चाएर सरकारमा जाने बाटो खोजिरहेको छ।’ जनतालाई भ्रमित पारेर सरकारमा जाने कांग्रेसको छिर्के दाउ पूरा नहुने उहाँले बताउनु भयो।

कांग्रेसलाई सरकार बाहिर बस्दाको छट्पटी भएको उहाँले बताउनु भयो। सहकारी रकम अनियमितताबारे संस्थागत छानबिन गरेर यसमा जोडिएका सबैलाई कारबाही गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहेकी अर्यालले बताउनु भयो।

कैलास सिरोहिया र व्यक्तिमाथि राजनीति गरिरहेको छ। दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियालाई अदालतले खोजेको र यसमा सरकारको कुनै हात नरहेको उहाँले बताउनु भयो।

काङ्ग्रेस हल्ला र फण्डा सिर्जना गर्ने पार्टी हो। मुलुकलाई बर्बाद बनाउने तत्व कांग्रेस भएको उहाँले आरोप लगाउनु भयो। सहमतिमा नयाँ नेतृत्व चयन गर्न एमाले पाल्पाका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।