अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा कांग्रेस नेतासहित सत्तापक्षका शीर्ष नेताबीच छलफल

बालुवाटारमा कांग्रेस नेतासहित सत्तापक्षका शीर्ष नेताबीच छलफल


काठमाडौँ-प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। सदनको जारी गतिरोध हटाउन विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे छलफलमा जुटेका हुन्।

उहारूबीच बालुवाटारमा शुक्रबार अपराह्नदेखि छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

कांग्रेसको अवरोधको कारण शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो। बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। नीति तथा कार्यक्रम पारित नभएकाले सरकारलाई सदन चलाउनुपर्ने बाध्यता छ।