अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। अहिले बालुवाटारमा बैठक बसिरहेकाे छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे छलफलमा जुटेका हुन्।

संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम नराखिकनै सहकारीको नाम राख्ने विषयमा प्रस्ताव आएपछि उनीहरू छलफलमा जुटेका हुन्। यसअघि संसदीय छानबिन समितिको टिओआरमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ। आज बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ।