अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी प्रकरणको कार्यदेश टुंग्याउन शिर्ष नेताको बैठक बस्दै

सहकारी प्रकरणको कार्यदेश टुंग्याउन शिर्ष नेताको बैठक बस्दै


काठमाडौं – संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन अहिले बिहान ९ बजे प्रमुख दलका शिर्ष नेताको बैठक बस्दैछ ।

हिजो सिंहदरबारमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेपछि बालुवाटारमा शीर्ष नेताहरूको बैठक डाकिएको थियो। बैठकमा कार्यदलका सदस्यहरूसमेत सहभागी थिए। तर हिजोको बैठकम अनौपचारिक छलफलमात्र भएको एमाले प्रमुख सचेतक महेश वर्तौंलाले जानकारी दिनुभयो । वर्तौलाका अनुसार आज शिर्ष नेताहरुले कार्यादेशमा सहमती गरेपछि पुन कार्यदलको बैठक बसेर त्यसलाई औपचारिकता दिइने छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सञ्चालनका निम्ति सकारात्मक देखिए पनि गृहमन्त्री रवि लामिछानेको नामबारे भने अडान दोहोर्‍याएको स्रोतले बताएको छ।
सत्तापक्षले भने रविको नामको विकल्पमा सहकारीको नाम र अपचलन भएको भनिएका गोरखा मिडियालगायत कम्पनीको नाम उल्लेख गर्ने प्रस्ताव गरेको छ।