काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।







प्रतिक्रिया