अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा सत्ता पक्ष नीति कार्यक्रममा व्यस्त,प्रतिपक्षी नाराबाजीमा व्यस्त

संसदमा सत्ता पक्ष नीति कार्यक्रममा व्यस्त,प्रतिपक्षी नाराबाजीमा व्यस्त


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ। नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सदनको कार्यसूची अघि बढाउनुभएको छ। सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गर्नु भएको छ। सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका छन्।