काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको बताउनु भएको छ।
नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार दलगत प्रतिनिधि गर्दै अर्थमन्त्री पौडेलले समग्रमा सरकारले उत्कृष्ट र वर्तमान आर्थिक स्थितिलाई सम्बोधन गर्ने गरी आएको उहाँले बताउनु भयो।
‘नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आर्थिक दृश्यलाई मनन गरेको छ। १६औँ पञ्चवर्षीय योजनालाई आत्मसात् गर्न खोजेको छ। दिगो विकासका लक्ष्यलाई पछ्याउन खोजको छ। एडडीसी ग्यार्जुएसनपछि उत्पन्न हुन सक्ने चुनौती र अवसरलाई कसरी म्यानेज गर्ने भनेर दृष्टिकोण अघि सारेको छ’ पूर्व मन्त्री पौडेलले भन्नुभयो, ‘यस्तो कार्यक्रमलाई प्रतिपक्षीले विरोध गरेर होइन आत्मसात् गर्नुपर्ने थियो । तर यसो हुन सकेन।’
प्रतिक्रिया