काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ।
आज बसेको बैठकमा सभामुख देवराज घिमिरेको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले सो प्रस्ताव पेश गर्नुभएको हो। प्रस्तावमाथि जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले छलफलमा भाग लिनुभयो। उहाँले नीति तथा कार्यक्रमको आफ्नो दलले विरोध गर्ने बताउनुभयो।
प्रतिक्रिया