अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा समाजवाद स्थापना गर्न यसपालीको नीति कार्यक्रम उपयुक्त : विष्णु प्रसाद पौडेल

नेपालमा समाजवाद स्थापना गर्न यसपालीको नीति कार्यक्रम उपयुक्त : विष्णु प्रसाद पौडेल


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले नेपालको सन्दर्भमा समाजवादको आधार तय गर्न सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनुभएको छ ।
काँग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभामा आइतबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै पौडेलले नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको बताउनुभएको छ ।

पौडेलले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रम यति राम्रो छ कि विपक्षीले पनि बेल घेरेर नारा लगाउने भन्दा पनि यसमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको छ । यसले अलमलिएको विकास प्रयासलाई लिकमा ल्याएको छ र नेपाली शैलीको समाजवादको बाटो देखाएको छ ।’
पौडेलले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको भन्दै यसले सहकारी क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि विशिष्ट प्रकारको नियामक निकाय गठनको उद्देश्य राखिएको बताउनुभयो ।