अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ। राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानी नोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रतिवेदनमाा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने बताउनुभयो।