अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सहमतिमा नआए सरकारले संवैधानिक बाटोबाट बजेट ल्याउँछ: योगेश भट्टराई

कांग्रेस सहमतिमा नआए सरकारले संवैधानिक बाटोबाट बजेट ल्याउँछ: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई सुचारु बनाउन नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्ने बताउनु भएको छ।

आइतबार प्रतिनिधि सभा बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उहाँले नेपाली काँग्रेस जस्तो संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद अवरुद्ध गर्न नहुने बताउनुभयो।

उहाँले सरकारलाई जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको सचिव भट्टराईले बताउनु भयो। उहाँले सरकार नेपाली काँग्रेससँग सहमतिको लागि निरन्तर प्रयास गरिरहेको भन्दै १५ गते बजेट पेश अघिसम्म सहमति गर्ने बताउनुभयो। उहाँले काँग्रेस सहमतिमा नआए पनि संवैधानिक व्यवस्था भएकाले संसदमा बजेट पेश हुने बताउनु भयो।

उहाँले संवैधानिक व्यवस्था अनुसार आइतबार प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पास गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षको अवरोध हुँदाहुँदै पनि नीति तथा कार्यक्रम संसदबाट पास गर्न बाध्य भएको बताउनु भयो।