काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनु भएको छ।
आइतवार संसद् बाहिर सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गर्नुभयो। उहाँले गृहमन्त्रीले संसद्मा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहेको अभिव्यक्ति दिएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गर्नुभयो। उहाँले गृहमन्त्रीले काम गर्न संंसद् कुर्नु नपर्ने बताउनु भयो।
शाहीले भन्नुभयो, ‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्यो। त्यस्तो मान्छे समाउन ढिला भयो। गृहमन्त्रीले संसद्मा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ। उहाँलाई पक्राउ गरिहाल्नुपर्यो। ४ वटा फाइल खोल्ने भन्नुभएको थियो। फाइल भटाभट खोलिहालौं। छानबिन समिति बनाऔं।’
प्रतिक्रिया