अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीप्रति लगाएको आरोपमा कांग्रेसले क्षमा नमागे प्रतिवादमा उत्रिन्छौँ: विष्णु पौडेल

अध्यक्ष ओलीप्रति लगाएको आरोपमा कांग्रेसले क्षमा नमागे प्रतिवादमा उत्रिन्छौँ: विष्णु पौडेल


काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे पार्टी आरोपहरू सुनेर नबस्ने चेतावनी दिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उहाँले  कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताउनुभयो।

उहाँले नेकपा एमाले र पार्टी अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित, पूर्वाग्राही, तथ्यहीन, गलत, भ्रामक र आधारहीन लाञ्छाना लगाएको भन्दै आक्रोश पोख्नुभयो।

उहाँले भन्नुभयो , ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

उहाँले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताउनु भयो। सान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको बताउनु भयो।