अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु


ललितपुर-ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाललाई ठक्कर दिएको थियो ।

उपचारका लागि तत्कालै पाटन अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।