अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानविन प्रकरणमा दलहरुको कुरा मिल्यो :संसद बैठक अवरोध नगर्न काँग्रेस सहमत

सहकारी छानविन प्रकरणमा दलहरुको कुरा मिल्यो :संसद बैठक अवरोध नगर्न काँग्रेस सहमत


काठमाडौं- लामो समय देखि संसदमा अवरोध जारी राखेको नेपाली काँग्रेस संसद खुलाउन सहमत भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सैद्धान्तिक सहमति जुटाएको हो। बैठकबाट निस्कँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति जुटेको र भोलि कार्यदलको बैठक बसेर अन्तिम रुप दिने जानकारी दिनुभयो।
‘गम्भीर छलफल भयो, हामी निष्कर्ष उन्मुख छौँ, भोलि कार्यदलले बसेर अन्तिम रुप दिन्छ। सकारात्मक छ, छलफल राम्रो भएको छ,’ लेखकले सञ्चार माध्यमहरुसँग भन्नुभयो ।