अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता हुन्: शंकर पोखरेल

अध्यक्ष ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता हुन्: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रुपमा चित्रण गर्नुभएको छ।

अध्यक्ष ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामथ्र्य भएको नेताको रुपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गर्नुभयो।

पार्टी निकट पेशागत महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामथ्र्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गरे ।

महासचिव पोखरेलले राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुने बताउनुभएको छ। उहाँले समाजमा देखिएको समस्या समाधान गर्न राज्य बलियो हुनु पर्ने बताउनुभयो।

अहिले नेपाली समाजमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउने काम भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। नेपालमा ज्ञानको दुरुपयोग गरेर समाजमा द्वन्द्व बढाउने काम गरिएको उहाँले स्पष्ट पार्नुभयो।  अहिले राज्य प्रति नागरिकको विश्वास, भरोसा र भय नभएको उहाँले बताउनुभयो। यो नै आजको प्रमुख चुनौती भएको पोखरेलले बताउनुभयो ।

‘कमजोर राज्यले जनतालाई कहिले पनि सुख, समृद्धि दिन सक्दैन, त्यस कारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनु पर्छ, त्यसपछि मात्र नागरिकहरू सुरक्षित हुन्छन्’, उहाँले भन्नुभयो।  नेपालको राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति उदय भएको भ्रम फिँजाएर राजनीतिक अस्थिरता र सामाजिक अराजकता मच्चाउने काम भएको उहाँले बताउनुभयो।

विकल्पको खोजीको नाममा नेपालको विकास र राजनीतिक स्थायित्वको यात्रालाई पछि धकेल्ने काम गरेको उहाँले प्रष्ट पार्नुभयो।  नेपाली समाजको समस्याको उपचार सिद्धान्तको कुरा गरेर मात्र नहुने बताउनुभयो। अहिले आफ्नो माग राख्न अफिस अगाडि धुलो फाल्ने काठमाडौंका मेयरलाई आइडल मान्न लागिएको उहाँको भनाई छ।  काठमाडौंका मेयर बालेन्द्र  साहले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर फोहोर गर्दै हिँडेको उहाँले बताउनुभयो।

‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौँ भनेर भन्दा काठमाडौंको मेयरलाई, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ’, उहाँले भन्नुभयो।  जान्नेलाई छान्ने भन्ने मिठा मिठा नारा लगाउनेको पछाडि सामाजिक सञ्जाल दौडिएको उहाँले बताउनुभयो । यस्ता मिठो कुराले देश सफलताको बाटोमा अघि नबढ्ने पोखरेलको भनाइ छ।  ‘राजनीतिक नेतृत्वको सफलता नै सबै चिजको आधार हो’, पोखरेलले भन्नुभयो ।