अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको जीवनमा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी : पूर्वराष्ट्रपति भण्डारी

जनताको जीवनमा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनतामा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी भएको बताउनुभएको छ ।
गणतन्त्र दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले कनुैपनि शासन व्यवस्थाको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र सञ्चालन गर्ने पात्रमा निर्भर रहने उहाँको भनाइ छ । गणतन्त्रले विकास,शुसासन,समृद्धि र रािष्ट्रय हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने भण्डारीको भनाइ छ । उहाँले शुभकामना सन्देशमा संविधानले प्रदान गरेका मौलिक हकहरुको कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु पर्ने उल्लेख गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास मार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरेर समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने उल्लेख गर्नुभएको छ ।