अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बैठकमा नआए पनि नीति तथा कार्यक्रम आउँछ: मुख्यमन्त्री कार्की

कांग्रेस बैठकमा नआए पनि नीति तथा कार्यक्रम आउँछ: मुख्यमन्त्री कार्की


 विराटनगर-नेपाली कांग्रेस प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ।

मंगलबार बसेको दलको बैठकपछि बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा कांगेसको उपस्थिति भएर विरोध भए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताउनु भएक हो।

एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बैठक बहिष्कार गर्नु उचित नभएको बताउनु भयो।