काठमाडौं-सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने निर्णय गरेको छ ।
मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले ज्येष्ठ नागरिकलगायत लक्षित समूहलाई सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताउनु भएको हो।
पछिल्ला वर्षमा सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ। आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ।
गत फागुनसम्म सो संख्या ३८ लाख २ सय ७७ पुगेको छ। गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ।
६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २७०, विधवा महिला ५ लाख ७६ हजर ५५३, पूर्ण अपांगता भएका ६६ हजार ४५२, अति अशक्त अपांगता भएका १ लाख ४२ हजार १ ८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १७६, लोपोन्मुख जाति २२ हजार २४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८४४ छन् ।
हरेक वर्ष सरकारले भत्तासहित विभिन्न सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले सबै सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो ।
प्रतिक्रिया