अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित

एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित


बिर्तामोड-नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित हुनुभएको छ।

उहाँले अध्यक्षका अर्का उम्मेदवार शेखर कँडेललाई ६९ मतान्तरले जित्नु भएको हो । भट्टराईले २६८ र कँडेलले १९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गर्नुभयाे।

सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत हुनु भएको छ भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्दै पराजित हुनुभएको छ।

उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित भए भने उहाँका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित हुनुभयो । यस्तै, महिला उपचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित भइन् भने उहाँको प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित हुनु भयो।

लेखा अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।