अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले जेठ १९ गते शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले जेठ १९ गते शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने


काठमाडौं-नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले २०८१ सालको अवसरमा भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रम गर्ने भएको छ।

सम्पर्क समितिले २०८१ जेठ १९ गते शनिवारका दिन भित्तेपात्रो विमोचन तथा शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रम गर्ने भएको हाे। उक्त कार्यक्रममा उदयपुरबाट काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नुहुने सम्पूर्ण मगर समुदायका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई उपस्थितिको लागि सम्पर्क समितिले हार्दिक अनुरोध गरेको छ।

गोंगबु, नयाँ बसपार्क, काठमाडौंस्थित तमू ह्युल छोंज धी. गुरुङ राष्ट्रिय परिषद्काे हलमा बिहान १०:३० बजेदेखि कार्यक्रम शुरु हुने समितिले जनाएकाे छ।

समितिले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिका अध्यक्ष केशर बहादुर मगरले बताउनुभयो।

कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर रहनु हुने सम्पर्क समितिका अध्यक्ष मगरले जानकारी दिनुभयो। यसैगरी विशिष्ठ अतिथिमा नेपाल मगर संघ, सम्पर्क समन्वय समितिका अध्यक्ष झविन्द्र पुनमगर, प्रतिनिधि सभा सदस्य, उदयपुर क्षेत्र-२ का माननीय अम्बरबहादुर रायमाझी रहनुहुने उहाँले बताउनु भयो।