अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते


दाङ-दाङमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। गढवा–कोइलाबास सडक खण्डमा पर्ने गढवा गाउँपालिका-५ चिसापानीमा बस पल्टिएको हो।

कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ। घाइते सबै खतरामुक्त छन्। बसका चालकले ओरालोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भएर पल्टिएको बयान दिएका छन्।