अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी प्रकरणमा कांग्रेसले जनतासँग माफी माग्नुपर्छ: कमल थापा

सहकारी प्रकरणमा कांग्रेसले जनतासँग माफी माग्नुपर्छ: कमल थापा


काठमाडौं-राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनतासँग माफी माग्नुपर्ने बताउनु भएको छ।

सहकारीको रकम अपचलन छानबिन गर्न बनाइएको संसदीय समिति सम्बन्धमा कांग्रेसले गरेको सम्झौता ‘हावादारी’ भएको टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो।

‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौँसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौँ व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ’, थापाले बुधबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘किनभने यस्तो सहमतिको लागि त सरकार धेरै अघि नै तयार थियो।’