अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छ: अष्टलक्ष्मी शाक्य

अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छ: अष्टलक्ष्मी शाक्य


काठमाडौँ-नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई जिम्मेवारी, अधिकार र नेतृत्व दिने सवाल ओझेलमा परेको बताउनु भएको हो।

बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा बताउनु भएको हो।

‘महिलाका सवालमा पछिल्लो संविधानले धेरै अधिकारहरू सुरक्षित गरेको छ। तर पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत सामन्ती अवशेष र पितृसत्ता हाबी नै छ’, उहाँले भन्नुभयो ‘अझै महिलाको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने जरुरी छ तर आत्तिनुपर्ने छैन। किनभने हाम्रै साथमा नेकपा एमाले छ।’

उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बिचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको बताउनु भयो।