अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएका हुन्: अध्यक्ष ओली

ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएका हुन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएको बताउनु भएको छ।

राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती संकटग्रस्त छन्। तर, साँचैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । छैनन। आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।