अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्छ: अध्यक्ष ओली

नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताउनु भएको छ।

आजदेखि काठमाडौंमा सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटनसत्रमा अध्यक्ष ओलीले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताउनु भएको हो। व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोख्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अवस्था जहाँको त्यही भएको गलत शब्दावलीको प्रयोग भइरहेको छ। व्यवस्था परिवर्तन भयो अवस्था जहाँको त्यही छ भनेका छन्। भर्खर जन्मेका केटाकेटीले के देख्नु। अवस्था कहाँ थियो, कहाँ आइपुग्यो भनेर। कति सङ्घर्ष र अवस्था पार गरेर यहाँ आइपुगेको छ। कुन बलिदानले यहाँ आइपुगेको छ। त्यो देखेको छैन अवस्था उस्ताउस्तै भनेका छन्। कहाँ उस्ताउस्तै छ ? नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ। प्रजातन्त्रको लामो इतिहास पार गरेकाले पनि उपलब्धि गरेका छैनन् ।’

उहाँले महिलाको प्रतिनिधित्वलाई संविधानमै ३३ प्रतिशत कायम राखिएको बताउनु भयो। समानताको हकमा नेपालभन्दा विश्वका अन्य मुलुक धेरै पछि रहेको ओलीले जिकिर गर्नुभयो।