अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावपछि टर्च बालेर खोज्दा एमाले भेटिंदैन भन्नेहरू अहिले वेपत्ता छन्: अध्यक्ष ओली

चुनावपछि टर्च बालेर खोज्दा एमाले भेटिंदैन भन्नेहरू अहिले वेपत्ता छन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गर्नुभएको छ।

काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो व्यंग्य गर्नुभएको हो।

नेकपा एमालेको तर्फबाट देवीहरु मैदानमा उत्रिए सबै सखाप,’ उहाँले भन्नुभयो, ‘टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु अहिले टर्च बालेर मात्र भेटिन्छन् । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरुको असाधारण भूमिका छ।’ 

उहाँले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताउनु भयो।

महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताउनु भयो।

अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रुपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उनले बताउनु भयो।