अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापनाः मुख्यमन्त्री कार्की

अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापनाः मुख्यमन्त्री कार्की


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापना र परिवर्तन सम्भव भएको बताउनुभएको छ।

नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्तरूपमा आज साँझ यहाँ आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकार्पण समारोहमा उहाँले त्यस्तो बताउनुभएको हो। मुख्यमन्त्री कार्कीले स्व दली वामआन्दोलनका अग्रज योद्धा हुनुका साथै मुलुकमा एकतन्त्रीय शासन अन्त्यका लागि गर्नुभएको आन्दोलनका कारण सबै राजनीतिकर्मीको प्रेरणाको स्रोतसमेत रहनुभएको विचार राख्नुभयो। उहाँले जनताप्रति समर्पित भई आफ्नो जीवन त्याग गर्ने व्यक्तित्वका स्मृति पुस्तक प्रकाशनले समाजका युवापुस्ताले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। “सामाजिक सञ्जालको वर्तमान समयमा पुस्तक अध्ययन गर्ने प्रवृत्ति हराउँदै गएको छ । यस्तो अवस्थामा यस प्रकारको पुस्तक प्रकाशनको ठूलो महत्व छ र यसका लागि लेखक एवं प्रकाशकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य एवं पूर्वप्रदेशमन्त्री जीवन घिमिरे, पूर्वकेन्द्रीय सदस्य विनोद ढकाललगायतले पुस्तकको लोकापर्ण गर्दै कठिन परिस्थितिमा पार्टी सुदृढीकरण गर्न स्व दलीले ठूलो भूमिका निर्वाह गर्नुभएको चर्चा गर्नुभयो।

पुष्पलाल स्मारक समितिका अध्यक्ष केशवप्रसाद गौतम, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की प्राडा बद्रीविशाल पोखरेल, स्व दलीकी छोरी डा प्रेक्षा दली, प्रा कृष्ण पोखरेल लगायतले निजी स्वार्थलाई त्याग गरी देश र जनताप्रति समर्पित रहनुभएको विचार राख्नुभयो।