अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीमफेदीमा कार दुर्घटनामा तीनको मृत्यु

भीमफेदीमा कार दुर्घटनामा तीनको मृत्यु


मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आज अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी-कुलेखानीकाठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता रहेका छन्। मृतक अर्काको सनाखत हुन बाँकी छ।
दुर्घटनामा घाइते मनहरी-८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका-१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।