अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महिला भेलाको आज दोस्रो दिन : १२ वटा समुहले यी सात सवालमा गर्दैछन् छलफल

एमालेको महिला भेलाको आज दोस्रो दिन : १२ वटा समुहले यी सात सवालमा गर्दैछन् छलफल


काठमाडौं- नेकपा एमालेले आयोजना गरेको महिला भेलाको दोस्रो दिन आज १२ वटा समुहले सातवटा विषयमाथी समुह छलफल गर्दैछन् । विहान आठ बजेबाट कार्की व्याक्वेट बबरमहलमा हुने कार्यक्रममा देशभरीबाट करिब ५ हजार महिला सहभागी छन् ।
पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन मोर्चा प्रमुख भानुभक्त ढकालले दिएको जानकारी अनुसार चारवटा संगठनका एकल समुह छन् । जसमा अनेम संघ,अनेरास्ववियु,ट्रेड युनियन महासंघ त्यस्तै गरी जनप्रतिनिधी महिला र सम्पर्क समन्वय कमिटीका महिला समुहको अलग अलग समुह बनाइएको छ । यस बाहेक अन्य छ वटा समुहहरु विभिन्न जनसंगठनको प्रतिनिधित्व गरेर तयार गरिएको छ ।
समुह छलफलका लागि सातवटा प्रश्नहरु दिइएको छ । आयोजकले सहभागीलाई छलफलका लागि उपलब्ध गराएका प्रश्नहरुमा पार्टी,संसद,सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागिता र गुणस्तर कसरी बढाउने भन्ने विषयमा धारणा माग गरिएको छ । देशैभरीबाट भेलामा आएका महिलाहरुलाई निम्न अनुसारका प्रश्नहरु सोधिएको छ ।
१.संख्यात्मक प्रतिनिधित्वको हिसावमा
२.गुणात्मक सहभागिता र सक्षमता (प्रभावकारिता)

३.संबिधान र कानुनले दिएको महिलाको हक प्राप्त गर्न नीतिगत र कार्यान्वयन तहमा के ले बाधा पुर्याएको छ ? सुधार गर्न के गर्नु पर्छ र?
४.आफुले नेतृत्व गरिरहेको ठाउमा काम गर्दा खुशी र संतुष्ट हुनुहुन्छ ?
५.युवा महिलाहरुलाइ नेतृत्वमा निरन्तरता दिन बिबाह, प्रजनन भुमिका आदिले पार्ने असर के हुन र निरन्तरता सुनिश्चित गर्न
६.तपाइको जनसंगठनको प्रमुख ३ मुद्धा र प्राथमिकता के के हुन ?
७.जलवायू परिवर्तन, आप्रबासन, बसाइ सराइ जस्ता नया चुनौतीले महिलाको नेतृत्व र जनजिवनमा के असर पारेको छरु त्यसको लागि पार्टीले कस्तो नीति लिनुपर्छ ?

ढकालका अनुसार समुह छलफलपछि निष्कर्षको प्रष्तुति रहनेछ । समुह छलफलमा उठेका सवालहरुलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी भेलाले महिलाका नेृतत्व विकास लगायत समसामयिक प्रस्तावहरु सहितको एक घोषणा पत्र पनि जारी गने तयारी छ ।