अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बबरमहलमा एमालेको महिला भेलामा समुहगत छलफल जारी (तस्विरहरु)

बबरमहलमा एमालेको महिला भेलामा समुहगत छलफल जारी (तस्विरहरु)


काठमाडौं- नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलामा समुहगत छलफल जारी रहेको छ ।
विभिन्न १२ वटा समुहमा सात सवालहरुमा छलफल जारी रहेको अनेम संघकी महासचिव पेम्वा लामाले जानकारी दिनुभयो । लामाका अनुसार १२ बजेसम्ममा छलफल सक्ने र प्रष्तुतिकरण सुरु गर्ने तयारी छ ।


समुह छलफलका लागि सातवटा प्रश्नहरु दिइएको छ । आयोजकले सहभागीलाई छलफलका लागि उपलब्ध गराएका प्रश्नहरुमा पार्टी,संसद,सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागिता र गुणस्तर कसरी बढाउने भन्ने विषयमा धारणा माग गरिएको छ । देशैभरीबाट भेलामा आएका महिलाहरुलाई निम्न अनुसारका प्रश्नहरु सोधिएको छ ।
१.संख्यात्मक प्रतिनिधित्वको हिसावमा
२.गुणात्मक सहभागिता र सक्षमता,प्रभावकारिता

३.संबिधान र कानुनले दिएको महिलाको हक प्राप्त गर्न नीतिगत र कार्यान्वयन तहमा के ले बाधा पुर्याएको छ ? सुधार गर्न के गर्नु पर्छ र?
४.आफुले नेतृत्व गरिरहेको ठाउमा काम गर्दा खुशी र संतुष्ट हुनुहुन्छ ?
५.युवा महिलाहरुलाइ नेतृत्वमा निरन्तरता दिन बिबाह, प्रजनन भुमिका आदिले पार्ने असर के हुन र निरन्तरता सुनिश्चित गर्न
६.तपार्इंको जनसंगठनको प्रमुख ३ मुद्धा र प्राथमिकता के के हुन ?
७.जलवायू परिवर्तन, आप्रबासन, बसाइ सराइ जस्ता नया चुनौतीले महिलाको नेतृत्व र जनजिवनमा के असर पारेको छरु त्यसको लागि पार्टीले कस्तो नीति लिनुपर्छ ?

लामाका अनुसार समुह छलफलपछि निष्कर्षको प्रष्तुति रहनेछ । समुह छलफलमा उठेका सवालहरुलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी भेलाले महिलाका नेृतत्व विकास लगायत समसामयिक प्रस्तावहरु सहितको एक घोषणा पत्र पनि जारी गने तयारी छ ।