अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालजी अहिलेको गठबन्धनबाट बाहिर जानुहुन्न: प्रधानमन्त्री

माधव नेपालजी अहिलेको गठबन्धनबाट बाहिर जानुहुन्न: प्रधानमन्त्री


विराटनगर-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गर्नुभएको छ।

‘कोसी प्रदेश श्रमधान रोजगार मेला’को उद्घाटनमा सहभागी बिहीबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उहाँले माधव नेपाल एमाले-माओवादीकै गठबन्धनमा रहने बताउनु भयो । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले त्यसलाई त्यति असहज ठानेको छैन। माधवजी पहिलादेखि नै उता पनि, यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदा, समीकरणभन्दा बाहिर छैन भन्ने कुरा क्लियर गर्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न।’