धनगढी-सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।
माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।
कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताउनु भयो ।






प्रतिक्रिया