अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ भन्ने लागेको छ।’

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।