अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबीच सिंहदरबारमा छलफल

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबीच सिंहदरबारमा छलफल


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिबारे छलफल भएको अध्यक्ष ओलीले बताउनु भयो। भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भन्नुभयो, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो।’

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ। 

नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको छ। 

सिंहदरबारमा भएको तीन नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।