अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोल, डिजेलको भाउ घट्यो

पेट्रोल, डिजेलको भाउ घट्यो


काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ। निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हालयथावत रहेको छ।