अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरिरहेका छन्: शंकर पोखरेल

एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरिरहेका छन्: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्य युवासँग जोडिएको बताउनुभएको छ। 

राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले भविष्यमा राष्ट्रिय युवा संघ नेपाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर भएर योजना बनाउन आग्रह गर्नुभयो। उहाँले यस अघिको कार्ययोजनाको पनि समीक्षा गर्न सुझाव दिनुभयो। 

महासचिव पोखरेलले मुलुकको नेतृत्व गर्ने नेकपा एमाले भएकोले एमाले र यसका जनसंगठनलाई व्यवस्थित ढङ्गले अघि बढाउनु पर्ने बताउनुभयो। एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षडयन्त्रमा लागि रहेका प्रति उहाँले युवालाई सचेत गराउनुभयो। ‘एमाले चौतर्फी घेराबन्दी र आक्रमणबाट गुज्रिरहेको छ, त्यसलाई डटेर सामना गर्न सक्नुपर्छ, एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेका छन्’, उहाँले भन्नुभया‍े। 

पोखरेलले अहिले राष्ट्रिय राजनीति संकटपूर्ण अवस्थामा रहेको बताउनुभयो। राष्ट्रिय राजनीति अहिले अति तरल र अस्थिर रहेको प्रति गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन्’, उहाँले भन्नुभयो। 

पोखरेलले राजनीतिमा युवाहरूको सङ्ख्या निक्कै कमजोर रहेको बताउनुभयो। यो स्थितिलाई बदल्नु पर्ने पोखरेलको जोड छ।  बहुसङ्ख्यक युवाको मत एमालेलाई झार्ने गरी स्थिति बदल्नु पर्ने उहाँको धारणा छ।