अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीका युवा-विद्यार्थीलाई अध्यक्ष ओलीको निर्देशन: प्रतिगामी सोचविरुद्ध आक्रामक हुनू

पार्टीका युवा-विद्यार्थीलाई अध्यक्ष ओलीको निर्देशन: प्रतिगामी सोचविरुद्ध आक्रामक हुनू


काठमाडौँ-सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचका विरुद्ध आक्रामकरुपमा प्रस्तुत हुन पार्टीका युवा-विद्यार्थीहरूलाई निर्देशन दिनुभएको छ।

मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भड्काउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरूले आक्रामक रुपमा प्रतिवाद गरेर अघि बढ्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

पार्टी निकट राष्ट्रिय युवा संघ, नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रतिगामीहरूले गरेका गलत प्रचारको खण्डन हुने गरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आवद्ध युवा–विद्यार्थीहरुलाई आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो।

अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताउनु भयो। उहाँले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो।