अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसदमा आजबाट बजेट छलफल सुरु : दुवै सदनको बैठक विहान ११ बजे देखि

संघीय संसदमा आजबाट बजेट छलफल सुरु : दुवै सदनको बैठक विहान ११ बजे देखि


काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने दुवै सदनको बैठकका निम्ति सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आ.व. २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।