अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त

कोशीका मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त


विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त हुनुभएको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले डा. सुवेदीलाई आज आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ।

उहाँले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गर्नुभएको छ। हाँनी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिसक्नु भएको छ।