अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिद्वारा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिद्वारा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न


काठमाडौं-नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान-प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

सम्पर्क समितिले मित्रनगर, नयाँ बसपार्क काठमाडौंस्थि तमू ह्युल छोंज धी. गुरुङ राष्ट्रिय परिषद् हलमा २०८१ जेठ १९ गते शनिवारकाे दिन नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको हो।

सम्पर्क समितिका सचिव गणेशबहादुर मगरले औपचारिक रुपमा कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो। उहाँले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो।

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष केशर बहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरको प्रमुख अतिथि रहनुभएको थियो। यसैगरी उदयपुर क्षेत्र-२ का संघीय सांसद, अम्बरबहादुर रायमाझी, नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झविन्द्रबहादुर पुनमगर, समन्वय केन्द्रीय समितिका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख झलक थापा मगर विशेष अतिथि रहनुभएको थियो।

भित्तेपात्रो विमोचनपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि एवं आदिवासी जनजाति आयोगका अध्यक्षका अध्यक्षले एउटा कथा सुनाउनुहुँदै सम्पर्क समितिले रचनात्मक एवं दीर्घकालीन महत्व राख्ने कार्यक्रम गरेको धारणा राख्नुभयो।

उदयपुर क्षेत्र-२ का संघीय सांसद, अम्बरबहादुर रायमाझीले शुभकामना दिनु भयो।

कार्यक्रममा नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झविन्द्रबहादुर पुनमगर, उपाध्यक्ष एवं संगठन विभाग प्रमुख झलक थापा मगर, समन्वय केन्द्रीय समितिका भाषिक उपाध्यक्ष इन्द्रबहादुर झेडी मगर, समितिका महासचिव राजकुमार राना मगर, नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका गण्डकी प्रदेशका सचिव एवं बाग्लुङ-काठमाडौं सम्पर्क समितिका अध्यक्ष बुद्धि माया पुनमगर, नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य शेरबहादुर बलम्पाकी मगर, नेपाल वैदेशिक रोजगार मगर व्यावसायी समाजका उपाध्यक्ष मेघ बहादुर मगर, नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार सुमन जर्घा मगर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

उदयपुरबाट काठमाडौं आई बसोवास गरिरहेका मगरहरुको साझा चौतारीको रुपमा रहेको समितिले गर्ने यस्ता खाले कार्यक्रमले समाजप्रति अपनत्व बढाउनुको साथै यो जहिले पनि समाजसँगै भएको भावना जगाउने माध्यम बनेको कार्यक्रमका वक्ताहरुले उल्लेख गर्नुभयो। समितिले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग र सबैसँग हातेमालो गरेर सकारात्मक चिन्तनका साथ अघि बढ्नुपर्नेमा वक्ताहरुले जोड दिनुभयो।

कार्यक्रममा नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका भाषिक उपाध्यक्ष इन्द्रबहादुर झेडी मगर, समितिका महासचिव राजकुमार राना मगर, समितिका संगठन सचिव रोशन पुलामी मगर, नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका गण्डकी प्रदेशका सचिव एवं बाग्लुङ-काठमाडौं सम्पर्क समितिका अध्यक्ष बुद्धि माया पुनमगर, नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य एवं उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार संयोजक शेर बहादुर बलम्पाकी मगर,  नेपाल संघ सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य सिता कुमारी मगर, नेपाल वैदेशिक रोजगार मगर व्यावसायी समाजका उपाध्यक्ष एवं नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिका सल्लाहकार मेघ बहादुर मगर, नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार एवं समाजसेवी भक्तबहादुर मगर, समाजसेवी एवं नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार सुमन जर्घा मगर,  प्राध्यापक माधव खपाङ्गी मगर, समाजसेवी एवं मेट्रो फोर्स सेक्युरिटी प्रालिका प्रबन्ध निर्देशक जीवन बुर्जा मगर, समाजसेवी ध्रुर्व लायो मगर,  विक्रम आले मगर, धर्मराज थापा मगर अतिथि हुनुहुन्थ्यो।

समाजसेवी गणेशबहादुर मगरले नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिलाई नगद रु.३०१०  रुपैया आर्थिक सहयोग गर्नुभएको छ। यसैगरी समितिका सदस्य विकास थापा मगरले रु.२०१०, सुवास मगरले रु.१००५, चित्रबहादुर मगर सुब्बाले रु.१५०० रुपैया सहयोग गर्नुभएको थियो।   

शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्पर्क समितिका अध्यक्ष केशर बहादुर मगरले धन्यवाद मन्तव्य सहित समापन गर्नुभयो।

खबै तस्वीहरुः खड्ग मगर