काठमाडौं-नेकपा एमालेका सांसद् तथा उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको बताउनुभएको छ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै बजेट तुलनात्मक रुपमा छाेटाे र सन्तुलित रहेकाे बताउनुभयाे।
अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० कराेडकाे बजेट प्रस्तुत गर्नुभएकाे भन्दै उहाँले याे आकार तुलनात्मक रुपमा सन्तुलित रहेकाे बताउनुभयाे।
उहाँले भन्नुभयो, ‘बजेट तुलनात्मक रूपमा सन्तुलित आएको छ। बजेट संक्षिप्तमा आएको छ। तीन घण्टा, साढे तीन घण्टा सुन्नुपर्थ्यो बजेट सधैँ। तर, तर, यसपटक दुई घण्टाको हाराहारीमा सुन्यौँ। मलाई यो पनि राम्रै लागेको छ।’
आकारकाे स्राेतकाे प्रबन्ध गर्ने अभिभारा सजिलाे नभएकाे भन्दै सांसद् पाैडेलले याे सीमासम्म जान सकिन्छ र स्राेतकाे प्रबन्ध गर्ने साेचसाथ बजेट आएकाे बताउनुभयाे। पूर्व अर्थमन्त्री समेत रहनुभएका पाैडेलले बजेट राजस्व संकलन, स्राेत परिचालन र अन्तर्राष्ट्रिय सहयाेग परिचालनका सन्दर्भमा उच्च आकांक्षी रहेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘यसलाई कतिपयले महत्वकांक्षी भनेका छन्, तर म उच्च आकांक्षी भन्छु, राजस्व संकलन, स्राेत परिचालन र अन्तर्राष्ट्रिय सहयाेग परिचालनका सन्दर्भमा यसले उच्च आकांक्षा राखेकाे छ।’
अर्थमन्त्री पुनले आफैं चुनाैती सृजना गर्ने र सामना गर्ने अठाेट बजेटमा गर्नुभएकाे सांसद् पाैडेलले बताउनुभयाे। सहज यात्रा जाे कसैले सजिलै गर्न सक्ने भन्दै उहाँले चुनाैतीपूर्ण यात्रा तय गर्ने र त्यसलाई पार गर्ने कुरा बढी महत्वपूर्ण हुने बताउनुभयाे।
प्रतिक्रिया