अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवेन्द्र दाहालको प्रश्न: ‘बजेटमा खोई झापाको औद्योगीक पार्क ?’

देवेन्द्र दाहालको प्रश्न: ‘बजेटमा खोई झापाको औद्योगीक पार्क ?’



काठमाडौं-राष्ट्रियसभा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगीक पार्कको विषय समेटेकोमा संसदमा प्रश्न उठाउनु भएको छ।

आइतबार राष्ट्रिय सभामा बजेट माथि आफ्नो धारणा राख्दै नेता दाहालले झापामा निर्माणकोा प्रकृया अघि बढेको नेपाल चीन मैत्री औद्योगीक पार्कको विषय किन नसमेटिएको भनेर प्रश्न गर्नुभयो।

झापाको दमक नगरपालिका र कमल गाउँपालिकामा १२ सय विगाह जमित अधिग्रहण गरि निर्माणको क्रममा अघि बढेको सो औद्योगकि पार्क निर्माण कार्यको आवश्यक प्रकृया अघि बढाउनु पर्नेमा समेत उहाँको जोड छ।

राष्ट्रिय सभामा सत्तापक्षीय संसदीय दलका नेता समेत रहेका दाहालले कृषिक्षेत्रलाई प्राथमिकता दिएर ल्याएको बजेटले विभिन्न दुरगामी विषयहरु समेत समेटेको उल्लेख गर्नुभयो। ५ लाख भुमिहिनलाई बसोबासको व्यवस्था मिलाउने जस्ता विषय जनमूखी र दिर्घकालिन महत्वका विषय भएको उहाँले बताउनु भयो। तर यी विषय कार्यान्वयनमा गम्भिर भएर लाग्नु पर्ने उहाँको भनाइ थियो।

आफ्नो संवोधनका क्रममा उहाँले अर्थमन्त्रीलाई केही प्रश्न सहित सुझाव पनि दिनुभयो। कृषि क्षेत्रलाई प्राथमिकता दिएको भनिए पनि सोही मन्त्रालयको बजेट कटौती मिल्दो नभएको उहाँको भनाई थियो । यस्तै सिथिल अर्थतन्त्र उठाउने, राष्ट्रिय योजना आयोगको १६औ पञ्चवर्षिय योजनाले प्राथमिकता दिएको विषय समेटिएका छन् कि छैनन् भनी दाहालले प्रश्न पनि गर्नुभयो।